बगर जस्तै बन्यो नारायणगढ–मुग्लिनखण्ड : सडक अवरुद्ध

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३१ भदौ, २०७७

काठमाडौ । पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । माथील्लो भागमा उत्खनन गरेर क्रसर चलाएपछि निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट ठूलो मात्रामा लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यो बगर जस्तै बनेको छ ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो । सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताउनुभयो ।

 

 

“लेदो झर्ने क्रम रोकिएको पनि छैन”, तामाङले भन्नुभयोे, “हटाउन शुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।” निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ ।

सम्बन्धित खबरहरु