३१ भदौ (रासस÷एएनआई) ः संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आउनुभएको छ ।

मंगलबार उहाँले एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने पनि बताउनुभएको छ ।

विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताउनुभएको छ ।

विश्व स्वास्थ्य संगठन र अरु निकायहरुले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पु¥याउनु विश्व समुदायको दायित्व भएको पनि उनको भनाइ छ ।

कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रीय प्रणाली पनि त्यसमा कार्यरत रहेको बतानुभयो । उहाँले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उहाँले सहयोगका लागि यो अपिल गर्नुभएको हो ।

सम्बन्धित खबरहरु