कथा

                                पुगी

                                                –  यम बास्तोला, खोटाङ

अन्तिम पटक उनले कराहीबाट घपनी उघारिन र हुँडलिन पुवा । पुन्युले उठाईन एउटा ठूलो डल्लो र मिचिन । डल्लोभित्र काँचोपीठो बाँकी नभएपछि पाकेको निरक्र्योल गरेर उतारिन कराही र राखिन् भर्सेलीमा । डालीबाट चामल निकालेर टपरीमा भरेपछि त्यसमाथि दियो राखिन । एवं रीतले दियो, कलश, गणेश भन्दै लहरै चामल, फलफूल र नैवेदका टपरीहरु वरिपरी फिँजाई सकेपछि पुरेतबाजेले सलाई कोरेर दियो सल्काउँदै शुरुगरे, “शुभम् कुरुत्वं कल्याणम् आरोग्यं धन सम्पदा, सत्रुबुद्धि विनासाय दीपज्योति नमस्तुते” ।

 

दुई डिल मुन्तिरको घरमा सनाहीको प्याँप्याँ र नर्सिङ्गाको तुरुधु अघिदेदि नै शुरु भईसकेको थियो । विवाहको अघिल्लो दिन भएकोले दोहोरिलत्त मानिसहरू आउने जाने भईरहेको थियो । तल्लाघरे श्रीप्रसाद घिमिरेले बाटैमा भेटेर रेग्मीबाजेलाई चाँडै न्वारान सकेर आउन सङ्केत गरिसकेका थिए । त्यसैले पनि न्वारान चाँडै सक्नु थियो । न्वारान सकेर उनै पुरेतबाजे जानु थियो बिहेघरमा र गर्नु थियो ग्रहशान्ति । पुरेत बाजेलाई आयस्ताको हिसाबले पनि न्वारान भन्दा बिहे महत्वपूर्ण थियो त्यसैले हतारहतारमै थिए उनी ।

 

 

एघार दिनमा गर्नुपर्ने न्वारान रात र दिनको गणना गरी पाँचै दिनमा गर्न थालिएको थियो । कारण पाँचपुस्ता भित्रकै भाइको बिहेको शुभकार्य फुकाई दिनु थियो । नजिकका दाजुभाइमा त्यस्तो शुभकार्य भएमा र त्यस्तोबेला सुतक परेमा पाँचै दिनमा न्वारान गरेर शुभकार्य फुकाउने चलन थियो घिमिरे गाउँमा ।

 

पुरेत बाजेले अस्कोटको गोजीबाट कलमझैँ भिरेको चस्मा निकालेर कानमा सिउरिए । सक्कली रङ हराईसकेको पूरानो किताब निकालेर पल्टाउन थाले र सँगसँगै भट्याउन थाले शुरुवाती मन्त्रहरू ।

 

भरखर नुहाएर चिसै कपालमा ढोकाबाट ओठ लेप्¥याउउँदै भित्र छिरे नारनप्रसमाद । उनी ढोकाबाट छिर्दाछिर्दै बुढीआमाले हातले इशारा गर्दै छिटो आईज भन्ने सङ्केत गरिन । नारनप्रसादको मनमा बेखुसीको छाया स्पष्ट झल्किन्थ्यो । उनले बेखुसी बेखुसीमै पुरेत बाजेका गोडा समाएर ढोगे । पुरेत बाजेले नारायण नारायण उच्चारण गर्दै आफू सामुन्नेको खोसेलाको पिरामा बस्न सङ्केत गरे र लगातार फलाक्न थाले ।

 

किताबबाट जोरजोर पाना पल्टाउँदै बाजेले नारनप्रसादलाई सङ्केत गरिरहे । बाजेले जेजे भन्थे नारनप्रसाद त्यहीत्यही गर्थे । घरीघरी नारनप्रसादको ध्यान अन्तै हुन्थ्यो । उनी कान नसुन्ने भएकोले उनले अरुतिर आँखा लगाएको बेला पुरेत बाजे फूलको थुङाले हान्दै उनलाई आफूतिर केन्द्रित गर्थे ।

 

समिधामा हुर्रहर्र बलिरहेको आगोमा चरू होम्दै बाजेले बालिकाको नाम जुरेको पहिलो अक्षर भने, लौ बालिकाको नाम ‘पु’ बाट जु¥यो, ”नानी एकदम लक्षिनकी जन्मिईन । यिनको जन्मकुण्डलीमा राजयोग परेको छ । देवगणकी यी बालिका भविश्यमा निकै ठूलो दर्जामा पुग्छिन, परिवाारको मात्रै होईन देशको पनि सेवा गर्छिन । यिनको नाम पुण्यमाया रहन गयो“ तर यिनलाई अठार महिनासम्म जोगाउन निकै कठिन छ । पहिलो खड्गो कटाउन सके यिनलाई केहीले छुन सक्दैन । पुरेत बाजेले जुराएको नामको पहिलो अक्षर सुन्ने बित्तिकै हजुरआमा भक्तिमायाले भनिन्, राम्रो नाम जुरेछ । चार सन्तान भै गए  । अव पुग्यो । यसको नाम ‘पुण्यमाया’ भए पनि आजबाटै बोलाउने नाम ‘पुगीमाया’ ।

 

त्यति भनेपछि उनले बुहारी केशरीतिर औल्याउँदै भनिन्, अव सन्तान पुग्यो, बुझिस के तैँले ? आजको जमानामा छोराको पछि लाग्ने होईन । अव सन्तोक गर्नु, दोजिया नहुने उपाए केके हुन्छ, विचार गर्नू । छोराछोरी बराबरी, दुबै एकै हुन । छोराले जतिनै छोरीले पनि उन्नती गर्छन् । घरपरिवार र बुबाआमाको सेवा छोरीले पनि गर्छन । अव छोरा भनेर अर्को दुःख नबेसाउनू । भक्तिमायाले त्यसो भन्दा सुत्केरी केशरी लाजले भुतुक्क भईन, एकछिन घोसेमुन्टा लाईन् । उनको अनुहार रातोपिरो भयो । उनले डर र लाज मारेर नमिठो अनुहार पार्दै भनिन्, “मैले जन्माउँ भनेर हो र ? कालीका बाउ टेर्दै टेर्दैनन् । जति भने पनि मान्दैनन् अनि के गर्नु त । मलाई त काली र चेप्टी भए पुगेको थियो । फेरि छली, अहिले यो...”

 

बोल्दाबोल्दै केशरीको वाक्य अड्कियो । उनले दुई ढिका आँसु खसालिन र थरथर ओठ कमाउँदै र पाँच दिनकी छोरीलाई देखाउँदै अगाडि भन्दै गईन्, “यो पेटमा आएको थाहा पाएर यसलाई तु'हाउन मैले के मात्रै गरिन । केशरीले बिगत कोट्याउँदै भनिन्, मैले तीन दिनमा एक ग्यालिन भकिमिलोको चुक पिएँ । महिना दिनमा दशवटा कुभिण्डो काँचै चपाएँ । बर्बरी आँसु झार्दै उनले अगाडि भन्दै गईन्, मैले सुनेकी थिएँ, दूईजीउको भएको बेला गह्रौँ भारी बोके ग'र्भ तु'हि'न्छ त्यसैले मेरो पनि ग'र्भ तु'हि'न्छ कि भनेर मैले आफूले सक्दै नसक्ने भारी उचालेँ । कति पटक त आफ्नै पेटमा ढुङ्गाले पनि हा'ने । एकपटक त कालिका बाउले देख्ने गरी लडेको बहाना गर्दै अग्लो कान्लाबाट तल्लो गह्रामा हामफालेँ । झण्डै एक घण्टा बेहोस भएँछु । धेरै दिन हिँडडुल गर्नै सकिँन । तीन दिनसम्म रग'त बगि रह्यो त्यैपनि केही भएनछ यसलाई ! उनले पाँच दिनकी सानी छोरीतिर प्रेमले काखमा उठाउँदै भनिन । केशरीले त्यसरी आफ्नो पीडा बताउँदै गर्दा त्यहाँ उपस्थित र सुन्नेजति सबैका आँखा रसाए । पुरेतबाजेले समेत धोतीले आँसु पुछे । यसरी सबैले आँसु पुछेको र केशरी हिक्कहिक्क गर्दै रोएको देखेर नारनप्रसादले आमालाई हातको ईशाराले सोधे, तिमीहरू किन रोएका ? के भो केशरीलाई ?।

 

आमाले दुईहातले कोक्रो हल्लाएझैँ गर्दै साङ्केतिक भाषामै जवाफ दिईन, “अव बच्चा पुग्यो । उसलाई धेरै दुःख भयो रे” । आमाको जवाफ बुझेर नारनप्रसादले ओठ लेप्¥याए । नारनप्रसाद बोली नआउने र कान नसुन्ने अपाङ्ग भए पनि भित्री कुरामा सामान्य मानिसभन्दा बढीनै चलाख थिए । गाउँ समाज, छरछिमेकको औँल्याई र सामाजिक वातावरणले गर्दा उनमा छोराको मोह अधिक रहेको प्रष्ट बुझिन्थ्यो ।

 

भक्तिमायाले नारन र केशरीको पहिलो सन्तान जन्मिदा खुब हर्षबढाईँ गरेकी थिईन । कुरा काट्नेहरुलाई गतिलो जवाफ दिँदै भनेकी थिईन, लाटो र गोज्याङ्ग्री भन्दै हेप्नेहरूले देखुन अव मेरी नातिनी लक्ष्मी समान हुन्छे । घर मात्र होईन देश चम्काउँछे र संसारकै नमुना बन्छे ।

 

बाटुलो र गोला अनुहारकी नातिनीलाई उनी काली भनेर बोलाउँथिन् । पहिलो सन्तानको नाम नराम्रो राख्यो भने सन्तान फैलिन्छ, मरौटो पर्दैन भन्ने उनको विश्वास थियो । दोस्री नातिनी जन्मदा पनि उनी  खुसी नै थिईन । उनी भन्थिन्, अव मेरा यी दुई नातिनीले राज्य हाँक्छन । छोरीलाई हेप्ने यो समाजले देख्नेछ अव यिनको पौरख । म यी नातिनीहरूलाई पहलमान बनाउँछु । बेस्सरी पढाउँछु । भक्तिमायाले दोस्री नातिनीको नाक केही थेप्चो भएकोले चेप्टी नाम राखिन् ।

 

केशरी तेस्रो पटक दुईजिउकी भएपछि र केशरीको जीउडाल, हाउभाउ बिचार गर्दा भक्तिमायालाई पूर्ण विश्वास थियो । तेस्रो त पक्कै नाति जन्मिन्छ । उनी आफ्नै मनसँग पनि बात मार्थिन, आजन्म बहिरो मेरो छोराको मन अव भरिन्छ । त्यस पटक उनले केशरीलाई अलि बढीनै स्याहार र रेखदेख पनि गरिन् । तेस्रो पनि छोरी नै जन्मिएपछि भने उनलाई छोरी जन्मिएकोमा भन्दा यी बौद्धिक अपाङ्गले आफ्नो शेषपछि सन्तानलाई कसरी रेखदेख गर्लान्, कस्तो शिक्षादीक्षा देलान भन्ने चिन्ताले सतायो । छोरा हुने लक्षण हुँदाहुँदै छोरी जन्मिएकोमा उनले तेस्री नातिनीको नाम छली राखि दिईन् । छली दुईवर्ष पुग्दा नपुग्दै बुहारीको पेटमा फेरि अर्को सन्तान आएको थाहा पाएर उनलाई बिछट्टै उकुसमुकुस भयो । उनले भगवानलाई नै धेरैपटक धिक्कार्दै भनिन्, “हे भगवान, यदि सृस्टी र संभारकर्ता तिमीनै हौ भने यी अन्जान मुर्खहरूलाई त तिमी आफैँले पनि नियन्त्रण गर्नु पर्ने नि, किन छाडा छोडि दियौ ?” । आखिर उनले भगवानलाई जति धिक्कारे पनि किन मान्थे र भगवान । उनले चौथो सन्तानको पनि न्वारान गर्नै प¥यो र नाम राख्नै प¥यो ।

 

न्वारान सकिने बित्तिकै नारनप्रसाद रेग्मीबाजेसँगै बिहेघरतिर लागे । बिहेघरमा उनैको खोजी भइरहेको थियो । तोरण टाँग्नेदेखि, मण्डप सजाउने, गेट सिँगार्ने र भतेरमा चम्को बनाउनेजस्ता धेरै काम उनले जस्तो राम्रो कसैले गर्दैनथे । जुन काम गर्न पनि नारन तत्पर हुन्थे । उनी काम गरिरहेकै ठाउँमा आएर कुर्कुरे बैँसका उरन्ठेउला केटाहरु ओईओई तेरा चार छोरी भन्दै चार औँला देखाउँदै जिस्काउँथे । जिस्क्याउने केटाहरूलाई नारनप्रसाद आफ्नै भाषामा बेस्सरी गाली गर्थे । अति भएपछि पाका मानिसहरूलाई सुनाएर गाली गर्न लगाउँथे ।

 

अर्को दिन बिहानै बरियातको पछि लागेर जन्त हिँडे नारनप्रसाद । जन्तीमा पनि बाटोभरी अनेक बहानामा जिस्काई रहे केटाहरूले । दुलही लिएर फर्कँदा दाईजोका अनेक थरी सामानहरू देखाउँदै, छोरा भए यस्तो ल्याउँछ, छोरीलाई त दिनु पर्छ । तँ के दिन्छस् भन्दै जिस्काउँथे । त्यसरी बारम्बार जिस्काई रहेपछि उनको मनमा गहिरो चोट प¥यो । उनी एकान्त परेर रोए पनि । धिक्कारे आफैँलाई । बाटैमा रिसाए श्रीमतीसँग, घरमै भएकी केशरीलाई सम्झँदै आफ्नै बायाँ हातको हत्केलालाई दायाँ मुड्कीले दुख्नेगरी हि'र्का'ए ।

 

पुण्यमायालाई गाउँटोलका सबैले पुगी भन्दै जिस्क्याउँथे, खेलाउँथे । पुगी नौ महिनासम्म ओर्किन फकिर्नै नसक्ने थिईन । बारम्बार बिरामी भईरहने । अलिकति चिसो भयो कि निमोनिया भै जाने । दिनहुँजसो औषधि गरिरहनु पर्ने । धामीझाँक्री लगाई रहनु पर्ने । पुगीको कारणले सबै परिवार नै दुःखी थिए । भक्तिमायाको पूरा समय पुगीकै स्याहार सुस्रुरामा बित्थ्यो । केशरी कुनै रात एकझप्को पनि निधाउन पाउँथिनन् ।  रातभर जागै बसेर पनि दिनभरी मेलापात गर्थिन् ।

 

नारनप्रसाद भने गोठालो, खेतालो र मेलापात जाँदा आफ्नी छोरीको अवस्थाको बारेमा दुःख पोख्दै हिँड्थे । यसरी कुरा गर्दै जाँदा गाउँकै केही उट्पट्याङ केटाहरू भने पछारेर मा'रि'दे भन्दै उक्साउँथे । छोरी बिमारी भएर वाक्क भएका नारनप्रसादलाई कहिलेकाँही त्यसै गरौँकी जस्तो पनि लाग्थ्यो ।

 

 

पुगी सत्र महिनाकी भई सकेकी थिईन । एकदिन पुगीलाई कोक्रोमा सुताएर भक्तिमाया नुहाउन पँधेरातिर गएकी थिईन । नारनप्रसाद बिहानको मेलो सकेर घर छिर्दा पुगी चिच्याएर रोएको देखे । पहिले हातमा लिएर फकाउन खोजे, दूधदानीबाट दूध खुवाए, मिश्रीको टुक्रा मुखमा हालि दिए । केही गर्दा उनको रुवाई रोकिएन । केशरी मेलाबाट घर आई पुगेकै थिइनन् । नारनप्रसादलाई बेस्सरी रिस उठ्यो । त्यसैबेला उनले गाउँलेले पछारेर मा'रि'दे भनेको सम्झे । रिसले दाह्रा किट्दै उनले हातमा लिएकी पुगीलाई संघारबाटै आँगनमा पुग्ने गरी हु'त्याई दिए । पुगी आगनको ढुङ्गामा प'छारि'ईन । उनले एकछिन सम्म त पुगीतिर हेरेनन् पनि । केहीबेर पछि उठाए । पुगीले आँखा पल्टाई सकेकी थिइन । हलचल केही नगरेपछि म'रे'को ठानेर र'गत'प'च्छे पुगीलाई कोक्रोमा राख्दै थिए नारन । त्यही बेला केशरी आई पुगिन ।

 

पुगीको नाकबाट र'गत बगिरहेको थियो । आँखा सेता पल्टिएका थिए । केशरीले चिच्याउँदै काखमा राखिन, पटुकाले नाकको रगत पुछि दिइन । आँखामा धुलो प¥यो कि भन्ने ठानेर आफ्नो दूध निचोरेर दुबै आँखामा हालि दिईन । तर पुगी केही हलचल नै गरिनन् । जता पल्टो त्यतै पल्टिने कपडाको पुतलीजस्तो भएकी थिईन ।  केशरी बेस्सरी चिच्याउन थालिन । केशरी चिच्याएको देखेर नारनप्रसादले केशरीलाई चुप लाग्न इसारा गरे । यो म'री भन्ने अर्थमा उनले आफ्नो जिब्रो टो'केर केशरीलाई देखाए । केशरी झन साह्रो चिच्याएर रोईन । केशरीले काखमा लिएकी पुगीलाई नारनप्रसादले हतारहतार कोक्रोमा हाले र अरु कोही आई नपुग्दै कोक्रो बोकेर जङ्गलतिर लागे । केशरी पनि पछि लागिन । नारनले केशरीलाई झपार्दै घरतिर फर्काए । उनी रुँदै घर फर्किन । नारन एक्लै काक्रो बोकेर ओरालो झरे ।

 

जङ्गलमा लगेर बाघखोर नजिकै कोक्रोलाई राखे, एउटा पातलो ढुङ्गोले थिचेर घर फिरे । घर आई नगुग्दै बाटैदेखि गाउँका तिनै उरन्ठेउलाहरूले नारनलाई घेरे । यसले ढुङगामा पछारेर छोरी 'मा'¥यो' भन्दै गाउँ फुके । गाउँलेको धुइरो लाग्यो । सबैले एकमुख गरेर हो मा हो मिलाए । रोगी छोरीलाई पछारेर 'मा'रि'दे' भनेर जोजो उक्साउँथे तिनै तिनैले नारनप्रसादलाई चौकीसम्म पु¥याए ।

 

नारनप्रसादले पुगीलाई जङ्गलमा छोडेर आएको केही समयपछि त्यही बाटो भएर सुर्यमान बजारबाट आप्mनो घर फर्कँदै थिए । बाघखोर नजिकै पुग्दा चिच्याई चिच्याई बच्चा रोएको सुनेर रोकिए सुर्यमान । निक्र्योल गर्न एकछिन कान तीखा बनाए । बच्चाको एकोहोरो रुवाइ नथामिएपछि उनी त्यतैतिर हानिए । जताबाट आवाज आईरहेको थियो । झोर पन्साउँदै ओढारनेर पुग्दा कोक्रोमा बच्चा रोईरहेको देखेर उनी आश्चर्य चकित भए । कोक्रो छोपेको ढुङ्गो उघारेर तत्काल कोक्रोबाट बाहिर निकाले । नाकमुख रगताम्य भएकी सानी बच्ची देखेर र्सुयमान कुनै अवगाल पर्ने हो कि भनेर डराए पनि । उनले बच्चीको अनुहारमा लागेको रगत रुमालले पुछिदिए । बाटोमा पिउन बोकेको पानीले मुख धोई दिए । झोला खोलेर बजारबाट ल्याएको जुस पियाए । जुस खान पाएपछि बच्ची चुप लागिन ।

 

बच्चीले लगाई रहेका मैला लुगा निकालेर आफ्नो कान्छो छोराका लागि किनेर ल्याएको नयाँ लुगा फेरिदिए । मूलबाटोसम्म ल्याए र धेरैबेर बसे । बच्चीलाई फकाए, खेलाए, बोलाए । आमा बुबाको नाम सोधे तर बच्चीले कुनै जवाफ दिईनन बरु सुर्यमानलाई मुसुक्क हाँसि दिइन । सुर्यमानले अलि तल्तिर चौतारोमा लगेर फेरि राम्रोसँग बच्चीको हात खुट्टा धोईदिए । कोही आउँछ कि भनेर घण्टौसम्म पर्खिएर बसे । कोही नआएपछि बच्चीलाई आफ्नो पटुकाले पिठ्यूँमा बोके र घरतिर लागे ।

 

छोरीको इच्छा गर्दै पाँचभाइ छोरा जन्माएका उनलाई छोरी देख्ने बित्तिकै भगवानले नै जुराई दिए झैँ लाग्यो । बाटोभरि उनलाई कसैले सोधी खोजी पनि गरेन । सुर्यमानले बच्चीलाई ठाउँठाउँमा राख्दै खेलाउँदै ठाउँठाउँमा विभिन्न खानेकुराहरु किनेर खान दिँदै घरसम्म पु¥याए । उनको घर निकै टाढा थियो । उनी बेलुका नौबजेतिर मात्रै घर पुगे । शुरूमा त घरपरिवारले राम्रो मानेनन् तर सुर्यमानले सबै कुरा बेलिबिस्तार लगाएपछि भने सबैजना खुसी भए । बच्चीलाई सबैले लक्ष्मीको रुपमा स्वीकारेर सस्नेह रेखदेख र पालनपोषण गर्ने कुरामा मञ्जुर गरे ।

नारनप्रसादलाई चौकी पु¥याएपछि चौकीबाट खोजी टोली खटियो । नारनप्रसादलाई नै अगाडि लगाएर गाउँले र प्रहरीको टोलीले बच्चीको तलासी गरे । नारनले सरासर बाघखोर पु¥याए । बाघखोर नजिकै रित्तो कोक्रो र र'गतसरिका थाङ्नाहरु भेटिएपछि त्यहाँ पुगेका सबैले बच्चीलाई बाघले खा'इस'केको अनुमान लगाए र फिरे ।

बच्चीको खोजीमा गएकाहरू घरमा पुग्दा एकातिर भक्तिमाया घुँक्कघुँक्क रोईरहेकी थिईन । केशरी सार्इँली छोरी छलीलाई काखमा राखेर सुँकसुँकाई रहेकी थिईन । काली र चेप्टी दुई दिदी बहिनी कुनातिर घोसेमुन्टो लगाएर बसिरहेका थिए ।

 

आँगनको डिलमा पुग्ने बित्तिकै नारनप्रसादलाई हतकडी लगाए र चौकीतिर हिँडाए । हिड्ने बेलामा नारनप्रसादले पुलुक्क आमालाई हेरे र तुरुक्क आँसु खसाए र अव के हुन्छ आमा भन्ने आसय प्रकट गरे । आमाले केही भन्न सकिनन् । हिड्न लाग्दै गर्दा केशरीतिर आँखा घुमाए । केशरीले डाको छोडिन । केशरी रोएको सुनेर छोरीहरु पनि चिच्याएर रोए । मु'र्दा शान्ति छाईरहेको घर एक्कासी कोलाहलमय भयो । सबैका आँखामा आँसु टल्पलाए । सुरक्षाकर्मीले नारनप्रसादलाई हिँड्न इशारा गरे । नारनले पुनः एकपटक सबैलाई पालैसँग हेरे । उनका आँखाबाट दुई थोपा आँसु बलेँसीमा झरे । प्रहरीले अलि हप्काउँदै हिड्न इशारा गरेपछि नारन रुँदैरुँदै चौकीतिर अगाडि बढे ।

 

केही दिनको अनुसन्धान पछि ज्यान लिएको केसमा नारनप्रसादलाई जन्मकैदको सजाए सुनाउँदै जेल हालियो ।

उता ‘पुगी’ अर्थात ‘पुण्यमाया’ सुर्यमानको घरमा पाँच भाइकी चेलीका रुपमा र पञ्चलक्ष्मीका नाममा सुखपूर्वक दिन काट्दै थिईन, हुर्कँदै थिईन । यो खबर रोगी छोरी पछारेर 'मा'रि'दे' भन्ने लफङ्गा केटाहरुलाई कसले सुनाई देला । छोराले दाइजो ल्याउँछ, छोरीलाई त दाईजो दिनु पर्छ भन्दै बहिरा नारनप्रसादको मस्तिष्कमा छोरीप्रति गलत धारणा उमार्ने र छोरी मा'र्न उक्साउने मतियार त तिमीहरु पो रहेछौ भन्दै छुलुक्क मुत्ने गरी तिनका गालामा कसले झा'पड हान्ला । भक्तिमाया, केशरी, काली, चेप्टी र छलीलाई ‘पुगी’ त पञ्चलक्ष्मी भएकी छन्, म'रेकी छैनन् भनेर कसले सुनाइ देला । हातले ईशारा गर्दै जेलको झ्यालबाट नारनप्रसादलाई यो खबर कसले भनिदेला ।

 

  • (विशेषगरी कविता, कथा र गीतमा कलम चलाउनु हुने यम बास्तोलाका ‘आलोकतिर’कविता सङ्ग्रह–२०६४ लगायत बालकथा सङ्ग्रह, बालकविता कविता सङ्ग्रह गरी झण्डै आधा दर्जनबेसी पुस्तकहरु प्रकाशित छन् । विभिन्न साहित्यिक पुरस्कार र सम्मान प्राप्त गर्नु भएका बास्तोलाका थुप्रै फुटकर रचनाहरू प्रकाशित छन् । बास्तोलाले विभिन्न साहित्यिक र अन्य पत्रपत्रिकाहरूको सम्पादन गर्नुका साथै केही साहित्यिक र गैह्र साहित्यिक संस्थाहरूमा रहेर कार्यसम्पादन गर्नु भएको छ ।)

सम्बन्धित खबरहरु