काठमाडौं । लामो समयको प्रतिक्षापछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया स्विकृत गरेको छ । योसँगै भर्ना प्रक्रिया नै सुरु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएसँगै नयाँ भर्ना प्रक्रिया थालिएको हो ।

 

सरकारको स्वीकृतिपछि नेपाल प्रहरीले बुधबार प्रहरी निरीक्षकको १ माघ ०७६ मा प्रकाशित सूचना अनुसारको भर्नाका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षाको तालिका प्रकाशित गरेको छ ।

 

प्रहरी जवानको ६ भदौमा प्रकाशित विज्ञापन अनुसार लिखितमा उत्तीर्ण भएका प्रहरी जवानको अन्तरवार्ताको पनि तालिका प्रकाशित भएको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत बिभिन्न उप–समूहतर्फका जवानको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती सम्बन्धी परीक्षा तालिका पनि सार्वजनिक भएको छ ।

 

 

प्रहरी सहायक निरीक्षकको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षण तालिका पनि प्रकाशित भएको छ । प्रहरीमा हाल १२ जना दरबन्दी रिक्त छ । लामो समयदेखि ठूलो संख्यामा दरबन्दी रिक्त हुँदा शान्ति सुरक्षा कायम गर्न पनि समस्या हुने गरेको थियो । कोभिड–१९ भाइरसका कारण ठूलो संख्यामा जनशक्ति आइसोलेसनमा बस्नु पर्ने भएपनि प्रहरीलाई दैनिक क्रियाकलाप सञ्चालन गर्न झनै समस्या थियो ।

 

सशस्त्र प्रहरीले भने भर्ना स्वीकृतिबारे मन्त्रिपरिषदको निर्णय सम्बन्धी पत्र प्राप्त नभएकोले थप प्रक्रिया सुरु नभएको जनाएको छ । नेपाली सेना र निजामती सेवाको भर्नाबारे भने कुनै निर्णय भएको छैन ।

 

सम्बन्धित खबरहरु