काठमाडौं । हालै कोरोना संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना हुनु भएको छ । गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहनु भएका कोइराला आज बिहान काठमाडौंको ओम अस्पताल भर्ना हुनु भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

 

 

तिवारीका अनुसार अत्यधिक ज्वरो आएपछि उहाँलाई अस्पताल लगिएको हो । उहाँको अहिले आइसियुमा राखेर उपचार भइरहेको र ज्वरो कम भएको छ।

सम्बन्धित खबरहरु