काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी बीच सेप्टेम्बर १० को सम्झौता हुनु भन्दा पहिले, चिनियाँ र भारतीय सेनाले प्याङगोङ त्सो तालको उत्तरी किनारमा १००–२०० पटक 'फा'यर' खोलिएको खुल्न आएको छ ।

 

 

भारतको चर्चित अखबार दी इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार यो गो'ली'बा'री चुशुल उपक्षेत्रमा भएको गो'लीबा'री भन्दा तिव्र थियो । सरकारी अधिकारीले पूरै कुरा थाहा पाएको इन्डियन एक्सप्रेसलाई बताएका हुन् । यो घटना प्याङगोङ त्सो तालको उत्तरी भागमा भएको थियो ।

 

 

ति अधिकारीले भने, ‘दुई पक्षबीच १००–२०० रा'उन्ड फा'य'र गरिएको थियो ।’ यसअघि सेप्टेम्बरमा भारत र चीनबीच चुशुल उपक्षेत्रमा भएको गो'ली'बा'री सम्बन्धी बयान जारी गरे, बयानका अनुसार ४५ बर्षमा पहिलो पटक एलएसीमा गो'ली'बा'री भएको भनिएको थियो ।

 

 

भारतीय सेनाले यस सम्बन्धमा एक विज्ञप्तिमा भन्यो, ‘सोमबार, सेप्टेम्बर ७ मा, चिनियाँ सेना (पीएलए) का सिपाहीहरू एलएसीमा भारतको स्थितितर्फ जान खोज्दै थिए, जब हाम्रो सेनाले उनीहरूलाई त्यहाँबाट धपायो । उनीहरुले हावामा धेरै रा'उ'ण्ड फा'य'र गरेर हाम्रा सिपाहीहरूलाई ड'राउने कोशिश गरें ।’

 

 

यसभन्दा अघि चीनले दावी गरेको थियो कि सोमबार एलएसीमा तैनाथ भारतीय सेनाले एकपल्ट फेरि अ'वै'ध रूपले वास्तविक सीमा रेखा पार गरेर चिनियाँ सीमामा रहेको सेनामाथि चेता'वनी स्वरुप फा'य'र खोलेको थियो । यसको जवाफमा चीनले पनि फा'य'र गरेको चीनले बताउँदै आएको छ ।

 

 

यद्यपि दुई देशहरूले आधिकारिक रूपमा प्याङगोङ त्सोको उत्तरी तर्फ १००–२०० रा'उ'न्ड गो'ली'बा'रीको बारेमा केही भनेका छैनन् । जबकी गो'लीबा'री चुशुल उपक्षेत्रमा भएको भन्दा बढी ग'म्भीर थियो भनिएको छ । इन्डियन एक्सप्रेसले यो समाचार पहिलो पृष्ठमा मुख्य समाचारका रूपमा प्रकाशित गरेको छ ।

 

 

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटपछि दुबै पक्षले विद्यमान सबै सम्झौता र प्रोटोकललाई पछ्याउन र बढ्दो त'नावजस्तो कुनै का'र्यवाही नगर्न कुरामा सहमत भएका छन् । सन् १९९६ र २००५ मा भएको भारत–चीन सन्धिका कारण, दुबै देशका ज'वानहरूले फा'य'र आ'र्म्स प्रयोग गर्दैनन् ।

सम्बन्धित खबरहरु