रितिक अधिकारी, सर्लाही । अज्ञात व्यक्तिको 'गो'ली' प्र'हा'रबाट एक जना घाईते भएका छन । कविलासी नगरपालिका ३ बिनगरा बस्ने ४० वर्षिय सुरेन्द्र चौधरी घाईते भएका सर्लाही प्रहरीले जनाएको छ । चौधरीको साथमा रहेको नगद रु ३ लाख दुई जना अज्ञात व्यक्तिले लुट्नुको साथै चौधरीलाई तिघ्रामा 'गो'ली' प्र'हा'र गरी फरार भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।

 

पिडित चौधरी आफनो घरबाट नगद रु. ३ लाख रूपैया लिएर चक्रघटा गाउँपालिमा रहेको एनआईसी बैकमा डिपोजिट गर्न जाने क्रममा चक्रघट्टा गाउँपालिका ५ को मदनपुर चौक नजिक आईतबार दिउँसो चौधरीलाई अज्ञात व्यक्तिहरुले ति'घ्रा'मा 'गो'ली' 'हा'नी' उनको साथमा रहेको नगद सहित लुटेर फरार भएका प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।

कविलासी नगरपालिका ३ बिनगरा देखि चक्रघट्टा गाउँपालिका सम्म पुग्ने कालोपत्रे बाटोमा आफु सँगै मोटरसाईकलन चलाउने कविलासी नगरपालिका ३ बिनगरा कै २५ वर्षिय साथि प्रमोद कुमार यादवले रकम लुटने व्यक्तिहरु सँग साठगाँठ गरी आफनो रकम लुटाएको पिडित चौधरीले आरोप लगाएका प्रहरीले जनाएको छ ।

 

एकान्त ठाउँमा बाटो छेकेर मास्क लगाएका ति व्यक्तिले रकम लुटन खेज्दा आफु 'प्र'ति'का'र मा उत्रिदाँ आफ्नो बायाँ 'ति'घ्रामा 'गो'लि' 'हा'नि' ३ लाख लुटेको पिडित चौधरीले बताएका छन । घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका यादवले आफु निर्दोष रहेको बताइरहेका छन ।

 

 

 

पिडित चौधरी संग आफनो पनि ४० हजार नगद लुटिएको यादबले बताएका छन ।पक्राउ परेका यादव एक महिना पहिले मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका यादव एक महिना पहिले २५ हजार नगद धरौटीमा छुटेको हुनाले पक्राउ परेको यादवले नै घटना गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

 

त्यस्तै तिघ्रामा गोली लागेका चौधरीको जिल्ला अस्पतालमा सर्लाहीमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि काठमाडौं रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा यादवलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु