काठमाडौं । भारतमा एक लाजमर्दो घटना देखा परेको छ । भारत, पञ्जाब राज्यको काइमपुरको गाउँमा चीन सीमामा तैनाथ जवानको घरमा लुटपाट गरिएको छ । जानकारी अनुसार भारु। दुई लाखको सामान लुटेर लगेका छन् । डकैतहरूले पूर्व सैनिक (पिता) लाई गम्भीर घाइते पनि गराएका छन् ।

 

 

हाल प्रहरीले घटनास्थलको अवलोकन गरिसकेको छ र मुद्दा दर्ता गर्ने प्रक्रिया शुरू गरिएको छ । पूर्व सैनिक गुरजीत सिंह, जसको छोरो अमरिन्दर सिंह हाल भारत–चीन सीमा एलएसीमा कार्यरत छन् । हिजो राति उनीहरु छतमा सुतिरहेका थिए । त्यसपछि केही नकाबधारी आएर यस्तो घटना घटाएर फरार भएका हुन् ।

 

मापसे गरेका उनीहरुले ह–तिया–र प्र–हा–र गरेर घाइते बनाए र अचेत अवस्थामा छोडेर भागेका हुन् । यसपछि उनीहरुले ७ तोला सुन, ६० हजार (भारु) रूपैयाँ, मोबाइल र अन्य महत्त्वपूर्ण सामग्री लिएर फरार भएको जनाइएको छ ।

 

अमरिन्दरकी पत्नी सुखदीप कौरले उनी छोरासँग सुतिरहेकी थिईन, जब चोरहरूले ताला तोडेर उनलाई नियन्त्रणमा लिए । जब उनले हल्ला गर्न खोजिन् तब उनलाई ज्याननै लिने चेतावनी दिँदै छोरालाई र उनलाई चुप लाग्न वाध्य बनाएका थिए ।

सम्बन्धित खबरहरु