काठमाडौ । युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् । युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् ।

 

मृत्यु भएका तीन कैँदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः भाग्न बल प्रयोग गरेपछि भएको हमलामा उनीहरूको मृत्य भएको मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ । बाइनले भन्नुभयो, “जेल प्रशासन, सेना तथा प्रहरीले फरार कैँदीहरूको संयुक्त रूपमा खोजी गरिरहेका छन् ।”

 

 

 

“बुधबार रातिदेखि सुरक्षाकर्मीले हवाई गस्तीलाई रोकी पैदल गस्तीहरूलाई बढाएका छन् । खोजी जारी छ यस साताभरमा उनीहरू पत्ता लाग्नेछन्,” उहाँले भन्नुभयो । प्रवक्ता बाइनले भन्नुभयो, “ फरार तथा मृत्यु भएका अधिकांश कैदीहरूलाई अ'वैध रूपमा ह'ति'या'र राखेको अभियोगमा जेलमा राखिएको थियो । उनीहरूसँगबाट १४ थान बन्दूक र दर्जनौँ गोली तथा केही वि''स्फो'ट'क प'दा'र्थ बरामद गरिएको छ ।”

 

गत मार्चमा उत्तर पश्चिमी जिल्ला औरामा कैदीहरूले जेलको घे'रा तो''डी भाग्न खोज्दा भएको द'ङ्गामा तीन कैदीको मृत्यु भएको थियो भने छ घाइते भएका थिए । तर कैँदीहरूको घाग्ने प्रयास सुरक्षाकर्मीले विफल पारेको थियो ।

 

सम्बन्धित खबरहरु