काठमाडौं । लामो समय नेपाली चलचित्र क्षेत्रमा सक्रिय नायिका करिश्मा मानन्धरले ललितपुरमा फार्म हाउस खोलेर तरकारी खेती सुरु गरेकी छिन् ।

उनको फार्म हाउसमा माछा पोखरी सहित विभिन्न जातका तरकारी पाइन्छ । ललितपुरको गाेदामचौरमा दुई वर्षअघिदेखी खेती सुरु गरेकी करिश्माले अघिल्ला वर्ष धान खेती गरेकी थिइन् । ‘धान खेतीबाट खासै राम्रो आम्दानी भएन यसपालीबाट तरकारी खेती सुरु गरेँ ।’ उनले भनिन् ।

कोरोना संक्रमणपछि तरकारी खेती सुरु गरेकी करिश्मा यसपाली पानी धेरै परेकाले तरकारी अलि ढिला भएको बताउछिन् । त्यसो त उनको निवास पनि फार्म हाउस जस्तै छ ।

गोदावरी बस्दै आएकी करिश्माको घरमा अहिले पनि अम्बा, आरु, हलुवाबेद, जामुनलगायतका फलफूलका बोट बिरुवा छन् । केही लोकल कुखुरा पनि पालेकी छिन् ।

सम्बन्धित खबरहरु