काठमाडौं । नेपालमा आज पहिलोपटक २४ घण्टामा २ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । शुक्रबार आज नेपालभर २ हजार २० कोरोना संक्रमित थपिएका हुन् । आज थप ८७१ जना निको पनि भएका छन भने ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ६१ हजार ५९३ पुगेको छ । अहिलेसम्म ४३ हजार ८२० पुगेको छ ।

ज्यान गुमाउनेहरुको संख्या ३९० पुगेको छ । नेपालमा अहिले १७ हजार ३८३ सक्रिय संक्रमित रहेका छन् । नेपालले अहिलेसम्म ८ लाख ९४ हजार ३७३ जनाको कोरोना परीक्षण गरिएको छ । अर्कोतिर १७ हजार ३८३ जना आइसोलेसनमा रहेका छन भने ७ हजार ७३६ जना क्वारेन्टाइनमा रहेका छन् ।

सम्बन्धित खबरहरु