काठमाडौं । ललितपुर महानगरपालिका वडा नं ४ नख्खु वैष्णदेवी मन्दिर परिसरमा पाटी र कलात्मकद्घार निर्माण गरिने भएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले आज उक्त पाटी र कलात्मकद्घारको शिलान्यास गर्दै यहाँ चार घाट रहेका र महानगरका एक तिहाई व्यक्तिको अन्त्यष्टी यस मन्दिरभित्रको घाटमा गर्नसक्ने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको थप विकासका लागि हामी सहयोगी हातको पनि साथ चाहन्छाँै ।”

मन्दिर तथा समसान क्षेत्र सुधार समितिका अध्यक्ष रत्नलाल महर्जनले सो मन्दिर र घाट संरक्षण र विकासका लागि गुरुयोजना तयार गरेको भनाइ राख्नुभयो । बिहीबार मात्र वडा नं १५ स्थित स्वीमिङ्पुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडकखण्ड शिलान्यास गरिएको थियो ।

महानगरपालिकाले भित्रि सडक निर्माण गर्ने योजनानुरुप यहाँका २१ सडक निर्माणको काम अघि बढाइने भएको छ । वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले अब बन्ने ती २१ भित्रि सडकको अनुगमन तथा निरीक्षण समय–समयमा महानगरपालिकाका साथै वडाले पनि गर्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु