काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९को जोखिमका अवस्थामा परिवार नियोजनका गुणस्तरीय सेवाहरुको निरन्तरता दिनका लागि आग्रह गर्नुभएको छ ।

सातौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले दम्पती र किशोर–किशोरीलाई परिवार नियोजनका निःशुल्क सेवा आफ्ना नजिकका स्वास्थ्य संस्थाहरु पुगेर लिन ,परिवार नियोजनका परामर्श र साधन उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

सन्देशमा समाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिवार नियोजनका साधनको आपूर्ति व्यवस्थापनमा ध्यानाकर्षण समेत गराइएको छ ।

सम्बन्धित खबरहरु