काठमाडौं । नेपालमा संक्रमितहरूको संख्या ६२ हजार ७९७ पुगेको छ । निको हुनेहरूको संख्या ४५ हजार २६७ पुगेको छ भने ज्यान गुमाउनेहरूको संख्या ४०१ पुगेको छ । नेपालमा १७ हजार १२९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । नेपालमा अहिलेसम्म ९ लाख ४ हजार ७०६ जनाको कोरोना परीक्षण गरिएको छ ।

अहिले १७ हजार १२९ जना आइसोलेसनमा रहेका छन भने ७ हजार ७३५ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घन्टामा नेपालमा १ हजार २०४ नयाँ संक्रमित थपिएका छन् । अर्कोतिर १ हजार ४४७ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबरहरु