काठमाडौं । दुई समुहबीच चर्केको विवाद उग्र बन्दा सर्लाही सदरमुकाम मलङ्गवामा रणभुमि बनेको छ । तनाव बढेसँगै शनिवार दिउँसो १ः३० बजेदेखि कर्फ्यु लगाइएको छ । विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार साँझ मलङ्गवा नगरपालिका–३, विश्वकर्मा चौकमा दुई पक्षबीच दोहोरो विवाद उग्र भएको थियो ।

विवादमा दुवै पक्षका केही मानिस घाईते भएका थिए । सोही विषयलाई लिएर शनिवार फेरि बिहानैबाट दुई समुदायबीच ठाउँ–ठाउँमा जम्मा भएर विवाद गर्न खोजेकाले कफ्र्यु आदेश जारी गरिएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शनिवार दिउँसो १ः३० बजेदेखि आइतवार बिहान ८ बजेसम्मका लागि मलङ्गवा बजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको जानकारी दिनुभयो । कफ्र्यु जारी भएसँगै प्रहरीले अहिले मलङ्गवा बजारक्षेत्रमा बजार बन्द गराउँदै हिँडेका छन् भने स्थानीयहरुलाई घरमै बस्न माइकिङ भइरहेको छ ।

सम्बन्धित खबरहरु