काठमाडौं । नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा नयाँ ७११ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

२४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण गरिएको जनाइएको छ । देशभर भने २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ४७ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमितहरूको संख्या ६२ हजार ७९७ पुगेको छ ।

निको हुनेहरूको संख्या ४५ हजार २६७ पुगेको छ भने ज्यान गुमाउनेहरूको संख्या ४०१ पुगेको छ । नेपालमा १७ हजार १२९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । नेपालमा अहिलेसम्म ९ लाख ४ हजार ७०६ जनाको कोरोना परीक्षण गरिएको छ ।

सम्बन्धित खबरहरु