काठमाडौ । काठमाडौं, तारकेश्वर नगरपालिका–८ गैरीगाउँ डेरा गरी बस्ने सर्लाही घर भएका २७ वर्षीय अनिल दाहाल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

 

 

रुपन्देही, शुद्धोधन गाउँपालिकाû२ खडक बनगाईस्थित खेतमा बुटवल उपमहानगरपालिका–१६ बस्ने ३१ वर्षीय टिकाजंग कुँवर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

आगलागीबाट धनमाल नष्ट
काठमाडौ । झापा, भद्रपुर नगरपालिका–१० स्थित सोही वडा कार्यालयको मे.१ द २७ नम्बरको ट्याक्टर ब्याट्री सर्ट भई शुक्रबार दिउँसो आगलागी हुदाँ करिब १२ लाख रूपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

 

दोलखा, जिरी नगरपालिका–८ होसिङ सलेनी टोल बस्ने चन्द्र बहादुर श्रेष्ठको भान्छाघरमा शुक्रबार बिहान आगलागी हुँदा भान्साघर पूर्ण रुपमा नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

बारा, जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरास्थित आरती भेजिटेबल प्रोडक्ट्स कम्पनीमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीमा परी घाइते भएका सोही कम्पनीमा काम गर्ने भारत बेतिया पश्चिम चम्पारण घर भएका ४० वर्षीय उमेश सिंहलाई उपचारको लागि वयोधा अस्पताल बीरगञ्ज पठाइएको छ ।

 

स्थानीयबासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

नगद सहित बिभिन्न धनमाल चोरी
उदयुपर । रौतामाई गाउँपालिका–३ चनौटे बस्ने रंग बहादुर राईको घरबाट नगद १ लाख ८० हजार रुपैयाँ, सुनचाँदीका विभिन्न गरगहना, तथा क्यामेरा सहित करिब ४ लाख ७८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ । चोरी गरी फरार रहेका व्यक्तिहरुको प्रहरीले खोजी कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु