काठमाडौं । अमेरिकामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार लस एन्जलस क्षेत्रमा शुक्रवार ४.५ रेक्टर स्केल परिमाणको भूकम्प आएको थियो । यो भूकम्प दक्षिण एल मोन्टेको दुई माईल पश्चिम–दक्षिण पश्चिममा केन्द्रित थियो । शुक्रबार राति स्थानीय समयनुसार ११ः३० मिनेटमा भुकम्पको धक्का महसुस गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

 

भुर्गभविद् डा. लुसी जोन्सका अनुसार लस एन्जलसले भूकम्पको केन्द्रबिन्दु १९८७ मा ५ं९ व्हिटेरियन नरोजको भूकम्प गएकै ठाउँमा रहेको जनाएका छन् । शुक्रवारको भूकम्प केहि वर्षमा लस एन्जलस बेसिनमा सबैभन्दा शक्तिशाली धक्का हो । बेभर्ली हिल्स क्षेत्र नजिक ला हब्रा, लाङ्गबीच, अक्सनार्ड, ओन्टारियो, पासाडेना र अन्य क्षेत्रहरु मा धक्का महसूस गरियो ।

 

 

केही स्थानीयहरुले दिएको जानकारी अनुसार उनीहरूले करिब तीन सेकेन्डदेखि सम्भवतः एक मिनेट सम्मको झटका महसुस गरेका थिए । लस एन्जलसका दमकल विभागका निर्देशक राल्फ एम। टेरेसासका अनुसार लस एन्जलसका सबै १०६ दमकल स्टेशनहरू सक्रिय पारिएका छन् । उनीहरुले क्षतिको जाँच गरिरहेका छन् ।

 

अमेरिकी अधिकारीहरुका अनुसार ४.५ रेक्टर स्केल परिमाणको भुकम्पपछि त्यहाँ दुईवटा धक्कामहरु महसुस गरिएको थियो । अमेरिकी समाचार एजेन्सी सीबीएसका अनुसार २.१ र १.६ रेक्टर स्केलका दुई धक्काहरु महसुस गरिएको थियो ।

 

जोन्सले शक्तिशाली भुकम्प आउँनु भन्दा पहिले आएको एक प्रारम्भिक भूकम्प आएको हुनसक्ने बताएका छन् । जोन्सका अनुसार ५० प्रतिशत सम्भावना यो पनि छ कि ३ रेक्टर स्केल तीव्रताको धक्का महसुस हुनसक्छ । अहिले आएको भुकम्पले कुनै मानविय क्षति नपुर्याएको बताइएको छ ।

 

लस एन्जलस प्रहरी विभागले पनि भूकम्प सम्बन्धी ‘कुनै महत्वपूर्ण घटना रिपोर्ट’नभएको बताएको छ । तर त्यहाँका बासिन्दाहरूलाई सम्भावित खत्तराको लागि तयार हुन भनिएको छ । आपतकालिनका लागि ९११ नम्बरमा फोन गर्न प्रहरीले सबैसँग अनुरोध गरेको छ । News Source  

सम्बन्धित खबरहरु