काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरकी आमाको निधन भएको छ । एस जयशंकरकी आमा सुलोचना सुब्रमण्यमको शनिबार मृत्यु भएको हो । विदेश मन्त्रीले ट्वीटरमा आफैंले यो जानकारी दिएका हुन् । एस जयशंकरले लेखेका छन, ‘आज मेरी आमा सुलोचना सुब्रह्मण्यमको निधनको बारेमा जान्न पाउँदा म साह्रै दुःखी छु ।

हाम्रो सहानुभूति उनका साथीहरु र परिवार संग छ । हाम्रो परिवार विशेष गरी उनीहरु सबैको लागि कृतज्ञ छ जसले उनको रोगको समयमा उनलाई सहयोग गरेका थिए ।’ सुलोचना सुब्रह्मण्यम कृष्णस्वामी सुब्रह्मण्यमकी पत्नी थिइन् ।

कृष्णस्वामी सुब्रह्मण्यम एक अग्रणी अन्तर्राष्ट्रिय रणनीतिक मामिला विश्लेषक, पत्रकार र पूर्व भारतीय सरकारी कर्मचारी पनि थिए । कृष्णस्वामीले लामो समय भारतीय सुरक्षा मामिलाहरूमा प्रभावशाली आवाज बनेर काम गरेका थिए । उनको मृत्यु सन २०११ मा भएको थियो ।

सम्बन्धित खबरहरु