काठमाडौ । कथित उच्च घरानियाँ भनेर चिनिने शंकर ग्रुप ठगी धन्दामा मस्त भइरहँदा आमउपभोक्ता भने आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भन्दै रातदिन चिन्तित भएका छन् ।

 

शंकर ग्रुपद्वारा उत्पादित जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी प्रयोग गरेर घर बनाएका सर्वसाधारण आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भयले चिन्तित भएका हुन् ।

 

 

भूकम्पको जोखिम र लगातारको पराकम्पले सर्वसाधारण जनताको घर हल्लिने र चर्कने डर छँदै छ । यस्तो अवस्थामा जगदम्बाको रड प्रयोग गरेर घर बनाउने हजारौं सर्वसाधारणको घर दिन प्रतिदिन जोखिमयुक्त बन्न थालेका हुन् ।

 

सर्वसाधारण जनतालाई विभिन्न झुटा नारा र आश्वासन दिएर ठगी धन्दा गर्दै आइरहेको शंकर ग्रुपको पछिल्लो जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी फेला परेको पुष्टि भएपछि अहिले आमउपभोक्ता चिन्तित भएका हुन् ।

 

गुणस्तर तथा नापतौल विभागले ‘देशको मेरुदण्ड’ को भ्रामक नारा दिँदै बजारमा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्ता ठगी धन्दामा मस्त शंकर ग्रुपको जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी गुणस्तरहीन प्रमाणित गरी सो डन्डी उत्पादन र बिक्रीमा रोक लगाइसकेको छ । त्यसरी रोक लगाएपछि केही वर्षअघि सोही डन्डी प्रयोग गरेर घर निर्माण गरिसकेका उपभोक्तासमेत त्रसित भएका छन् ।

 

जगदम्बाा र शंकर ग्रुपमाथि विभागले कारबाहीको प्रक्रिया अघि बढाए पनि पछिल्लो समय आलटाल देखिएको छ । विभागले कारबाही प्रक्रियालाई तीव्र बनाउन नसक्दा ठगी धन्दा गर्नेहरूमा उल्टै उत्साह पलाउन थालेको छ । विभागले जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी आफ्नो प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

 

संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०।३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।

 

मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम ९१६० बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।

सम्बन्धित खबरहरु