बेइजिङ । ताइवानमा अमेरिकी उच्च अधिकारीको उच्चस्तरीय भ्रमण भइरहँदा चीनले ताइवानी समुद्री टापु नजिकै अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको छ । यो भारतका लागि समेत खतरनाक हुनेछ । साथै ताइवानसँग अमेरिकी सम्बन्ध गहिरिँदै गर्दा चीनले विरोध जनाएको छ ।

अमेरिका भारतसँगको असहजतामापनि कारण बनिरहेको छ । चीनले भारत, अमेरिका र ताइवान एकैपटक तह लगाउँनेगरी तयारी गरिरहेको बुझिन्छ । पछिल्लो समय ताइवानसँग अमेरिकाको बढ्दो सम्बन्ध प्रति चीन रुष्ट बन्दै गएको हो । पछिल्लो साता अमेरिकी उच्च अधिकारी ताइवान भ्रमण गरेकै दिन चीनले सैन्य अभ्यास सुरु गरेको हो ।

पछिल्लो साता चीनले आफ्नो समुद्रसँगै वायु सेनाको अभ्यास समेत गराएको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता रेन ग्वोकिङले शुक्रबारको उक्त अभ्यासबारे विस्तृतमा केही बताएका छैनन् । यद्यपि ताइवानको समुद्री मार्ग नजिकै चिनियाँ सेनाले अभ्यास गरिरहेको र चिनियाँ जनमुक्ति सेनाको पूर्वी कमाण्ड संलग्न रहेको बताइएको छ ।

‘वर्तमान परिस्थितिमा उनीहरुलाई त्यहाँ पठाउने कदम राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डता रक्षाको लागि उचित र आवस्यक हो,’ रक्षा मन्त्रालयका प्रवक्ता रेनले बताए । साथै ताइवान एक विशुद्ध चिनियाँ आन्तरिक मामिला भएको र जसले विदेशी हस्तक्षेप नचाहेको रेनले बताए ।

तर पछिल्लो समय अमेरिका र ताइवानको सत्तारुढ दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी ‘डिपीपी’मिलेर त्यस क्षेत्रमा निरन्तर अवरोध उत्पन्न गरेको उनको आरोप थियो । यस्तै अमेरिकालाई लक्षित गर्दै ती चिनियाँ उच्च अधिकारीले यस्तो पनि भने कि, ‘जो आगोसँग खेल्छ, ऊ जल्नेछ ।’

ताइवान सरकारले भने यसबारे केही टिप्पणी गरेको छैन । ताइवानको लिबर्टी टाइम्स पत्रिकाले उल्लेख गरे अनुसार ताइवानी वायुसेनाका जेटहरुले शुक्रबार बिहान चार घण्टाको अवधिमा १७ पटक फन्को लगाएर चिनियाँ वायुसेनालाई टाढै रहन चेतावनी दिएका छन् ।

यसले ताइवानको पूर्वी समुद्री तटमा मिसाइल आक्रमणको संकेत रहेको पनि बताइएको छ । ताइवानका अन्य अधिकारीहरुले पनि यस्तै संकेत गरेका छन् । चीनविरोधी अगुवाहरुले त ताइवान चीनको उक्त आक्रमणबाट सचेत रहनुपर्ने अभिव्यक्ति दिन थालेका छन् । चीनले भने ताइवानमा अमेरिकी अधिकारीको भ्रमणलाई आवस्यक जवाफ दिनुपर्ने भन्दै चेतावनी दिएको छ ।

सम्बन्धित खबरहरु