काठमाडौ । अहिले अदालतको एक फैसलाले सबैलाई चकित बनाएको छ । अदालतले नै श्रीमतीले सिन्दूर, पोते नलगाउनु भनेको सम्बन्ध बिच्छेद भनेर भनिदिएपछि यो पक्ष र विपक्षमा तर्क गर्ने गतिलो मसला बनेको छ ।

 

अधिकारवादीहरुले यो महिलाका लागि गलत भएको दावी गरेका छन् भने पुरुषको पक्षमा बोल्नेले सही भएको टिप्पणी गरिरहेका छन् । हिन्दू परम्परा अनुसार महिलाले सिन्दूर लगाउन नमान्नु भनेको विवाह अस्वीकार गर्नु हो भन्दै भारतको गौहाटी उच्च अदालतले एक पुरुषलाई आफ्नी पत्नीसँग पारपाचुकेका लागि अनुमति दिएको घटनासँगै यो बहस सुरु भएको हो । पत्नीले छुट्टिएर बसेपछि सिन्दूर र शाखा (सीपीबाट बनेको बाला) लगाउन छोडेकी थिइन् ।

 

 

 

पतिले दिएको पुनरावेदनमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश अजय लाम्बा र न्यायाधीश सौमित्र साइकियाले पारपाचुकेको अनुमति दिँदै उनले पत्नीविरुद्ध कुनै गलत नगरेको ठहर गर्‍यो । फेमिली कोर्टले पारपाचुके गर्न नमिल्ने भनी गरेको फैसलालाई उच्च अदालतले उल्ट्याइदिएको छ ।

 

उनीहरूबीचको विवाह सन् २०१२ मा भएको थियो । परिवारबाट छुट्टिएर बस्ने भन्दै पत्नीले जिद्दी गर्न थालेपछि उनीहरूबीच झगडा हुन थाल्यो । त्यसपछि उनीहरू सन् २०१३ बाट छुट्टिएर बस्न थाले ।

 

पत्नीले पति तथा परिवारविरुद्ध दवाव दिएको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन् तर उनीमाथि दवाव गरिएको भन्ने आरोप पुष्टि हुन सकेन, इजलासले भन्यो । ‘पति र वा पतिको परिवारका सदस्यविरुद्ध पुष्टि नभएको आरोपका आधारमा फौजदारी मुद्दा लगाउँदा पति वा परिवाप्रतिको दवाव ठहर हुने सर्वोच्च अदालतको फैसला छ,’ इजलासले फैसलामा भन्यो ।

 

महिलाले पतिलाई आफ्नी वृद्धा आमाप्रतिको कर्तव्य निर्वाह गर्न वञ्चित गरेको तथ्यलाई फेमिली कोर्टले बेवास्ता गरेको न्यायाधीशहरूको ठहर छ । ‘दवावको कार्य ठहर हुनका लागि यो प्रमाण पर्याप्त छ,’ आदेशमा लेखिएको छ ।

सम्बन्धित खबरहरु