जुम्ला । १९ औं सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर लगेको छ । प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको हो ।

 

राति १०ः४५ बजेतिर प्रहरीले उनलाई उपचारका लागि भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको हो । डा केसीले आफूलाई जबरजस्ती गरी अस्पतालमा ल्याइएको भन्दै माग पूरा नगरेसम्म उपचार नगर्ने बताएका छन् ।

 

उनले भने, ‘माग पूरा गर्नुको साटो जबरजस्ती गर्ने मलाई ? म एउटा कुरा भन्दैछु म कुनै पनि उपचार, इन्भेष्टिगेशन्स, मोनिटरिङ म लिनेवाला छैन ।’ गत सोमबार भदौ २९ गतेदेखि जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मन्दिरको धर्मशालामा सत्याग्रहमा बसिरहेका उनको स्वास्थ्य बिग्रदै गएको छ ।

 

सरकारले माग पूरा गर्नुको सट्टा जोडबाल शैलीमा उनलाई अस्पतालमा भर्ना गरिएको हो । उनले शरीरमा स्लाइनसमेत लिन मानेका छैनन् । डा केसी सरकारसँग आधा दर्जन माग राख्दै १९ औं पटक आमरण अनसनमा बसेका हुन् ।

 

सम्बन्धित खबरहरु