गणतन्त्र काँचाे काफल

पाक्या छैन अमिल्यै छ

हट्या छैन कालाे बादल

अझैपनि धमिल्यै छ

बिधिमात्र मिलेकाे छ

बिधान अझै अपुरै छ

नेपालीका सुन्दर सपना

आज पनि अधुरै छ

राम्रै हाेला भनि ल्यायाैं

देशमा हिजाे गणतन्त्र

बिधिबाटै चल्नु पर्छ

भन्ने थियाे मुल-मन्त्र

न त चल्याे बिधिबाट

न त सम्झे मुल-मन्त्र

कसाेगरी चल्ला र खै

अब देशमा गणतन्त्र

कवि :- मुकुन्द पौडेल

सम्बन्धित खबरहरु