काठमाडौं । प्रहरीले बालिका अर्थात पुस्पान्जली खडकालाई केही घण्टा नियन्त्रणमा राखेर छोडेको छ । रिहा भएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छिन् । उनले लेखेकी छिन, ‘आज पार्टी कार्यालय पेरिस डाँडामा कुनै सुनियोजित तवरबाट पार्टी नेताहरुलाई गालिगलौज गर्ने मनसायले गएकी थिईन ।

 

प्रहरीले अनाहकमा पक्राउ गरि प्रहरी चौकी कोटेश्वरमा ५ घन्टा राखेर छोडेको अवस्था छ । म अहिले शकुसल छु ।’ आज केही अनलाइनहरुमा उनलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग जोडेर गरिएको टिप्पणी मन परेको छैन ।

 

उनले लेखेकी छिन, ‘यसै घटनालाई लिएर विभिन्न मिडियाहरुले मैले फिर्ता लिईसकेको मुद्दालाई समेत जोडेर जसरी समाचार सम्प्रेषण गर्यो । यस प्रती म खेद प्रकट गर्द्छु । साथै अनावश्यक हल्लाको पछि लागेर मेरो र कमरेड शेरधन राईको विषयलाई जोडेर अनावश्यक टिक्का टिप्पणी नगर्न, नगराउन सम्पुर्ण मिडियाकर्मिहरुलाई सचेत गराउन चाहन्छु ।’

सम्बन्धित खबरहरु