काठमाडौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संशोधनसहित संसदबाट अनुमोदन हुने दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा कुरा गर्दै मन्त्री ज्ञवालीले संसदको आगामी अधिवेशनबाटै एमसीसी अनुमोदन हुने बताएका हुन् । विगतमा विवाद भए पनि संशोधनसहित अनुमोदन गराउने विषयमा विवाद नभएको मन्त्री ज्ञवालीको जिकिर छ ।

मन्त्री ज्ञवालीले भारतसँगको नक्सा तथा सीमा विवाद समाधानका लागि वार्ताको तयारी भइरहेको जानकारी दिएका छन् । चीनसँग भने कुनै पनि विवाद र विमति नरहेको मन्त्री ज्ञवालीको भनाई छ । उनले सरकारको आलोचना गर्न आवश्यक नभएको भन्दै राम्रो काम गरिरहेको दावी गरेका छन् ।

संविधान दिवसका दिन दिन प्रदान गरिएको विभिन्न सम्मान उचित व्यक्तिलाई नदिइएको भनेर भइरहेको आलोचनाको पनि मन्त्री ज्ञवालीले खण्डन गरेका छन् ।

सम्बन्धित खबरहरु