काठमाडौ । दोलखा, शैलुङ गाउँपालिका–८ कोभिण्डे बस्ने ४३ वर्षीय खड्गबहादुर थपलिया शनिबार मृत अवस्थामा फेला परेका छन् । घरबाट कसैलाई नसोधी शुक्रबार हिँडेका उनी घरदेखि करिब ५ सय मिटर टाढा पाखखर्क भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।

रुपन्देही, तिलोत्तमा नगरपालिका–१४ स्थित तिनाउ नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका–७ क्यान्सर अस्पतालस्थित नहरमा सोही अस्पतालका कर्मचारी बारा सिमरा घर भएका ३२ वर्षीय सुरेश मिश्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, घोराही उपमहानगरपालिका–८ पूर्वी सेवारस्थित बाटोमा सोही ठाउँ बस्ने ८२ वर्षीया जमुना देवी सुनार शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

सुनसरी, देवानगंज गाउँपालिका–३ स्थित राजारानी थान मरिया खोलामा सोही ठाउँस्थित मामा घरमा बस्दै आएका दुहवी नगरपालिका–८ सोनापुर घर भएका २४ वर्षीय सन्तोष मण्डल आइतबार मृत अवस्थामा फेला परेका छन् । बिश्वकर्माको मूर्ति सेलाउन गएका उनी हराई बेपत्ता भएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको लाश फेला परेको हो ।

झापा कन्काई नगरपालिका–८ समाबेशी टोलस्थित नालीमा सोही नगरपालिका–९ बस्ने ४८ वर्षीय बिमल कर्ण आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी शिवसताक्षी नगरपालिका–३ कमलखोलाको पुल मुनी हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, छिपहरमाई गाउँपालिका–४ बन्जारी चोकस्थित नहरमा भारत बिहार बस्ने ९५ वर्षीय गोकुल हजरा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ घरबाट हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उनको लाश फेला परेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका–१० कुपण्डोल ज्वागल बस्ने ६० वर्षीय योगेन्द्र राई आफ्नै घरको शौचालयमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

ईलाम, सूर्योदय नगरपालिका–१० याङस्थित सडकमा सोही स्थान बस्ने ६६ वर्षीय टेक बहादुर दर्जी शनिबार मृत अवस्थामा फेला परेका छन् । विगत एक महिना अगाडिदेखि घर छोडेर हिँडेका टेक बहादुरको खोजी गर्ने क्रममा उक्त ठाउँमा लाश फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत : नेपाल प्रहरी केन्द्रीय कार्यालय

सम्बन्धित खबरहरु