काठमाडौ । ईलाम, ईलाम नगरपालिका–८ स्थित माईबेनि हाईड्रो पावरमा काम गर्ने गुल्मी घर भएका २४ वर्षीय राजु लम्सालको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । हाईड्रो पावरमा गेटफिटिङको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका लम्सालको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी, बोदेबर्साईन नगरपालिका–२ जोगिया बस्ने ६० वर्षीय भगत चौधरीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । सोही स्थान बस्ने ४५ वर्षीय बिदुर साहको घरमा भजनकीर्तनको लागि माइकको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको युनिक अस्पताल रुपनीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

चितवन, भरतपुर महानगरपालिका–३ स्थित त्रिशक्ति कंक्रिट एण्ड ब्लक कम्पनीमा काम गर्ने पाल्पा मायागडी गाउँपालिका–८ घर भएका २७ वर्षीय प्रेम रानाको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

कम्पनीभित्र तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर घाइते भएका रानाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु