वीरगंज । वीरगंजमा असोज १५ गतेसम्म निषेधाज्ञा छ । वीरगंजमा आजदेखि सरकारी कार्यालयहरु सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय, पर्सा, वीरगंज महानगरपालिका, भूमिसुधार तथा मालपोत कार्यालय, नापी, यातायात, कोलेनिका लगायतको सरकारी कार्यालयले सुरक्षा मापदण्ड अपनाएर सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।

सरकारी कार्यालयमा छेकबार लगाएर सेवाग्राहीलाई सेवा दिइएको एकजना कर्मचारीले बताए । प्रशासन कार्यालयले सुरक्षा मापदण्ड अपनाएर आइतवारदेखि सरकारी कार्यालय सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यस्तै वीरगंजमा लामो तथा छोटो दूरीका सवारीसाधनहरु पनि सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन भएका छन् ।

  • असोज १५ गते
  • निषेधाज्ञा गर्ने निर्णय
  • प्रशासनले निकाल्यो सूचना

सम्बन्धित खबरहरु