काठमाडौं । सिभिल बैंकको अत्यन्तै गम्भीर बदमासी भेटिएको छ । मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये निकै कमजोर मानिने बैंकमध्ये एक हो सिभिल बैंक, आइतबार कारोबार खुलेसँगै सिभिल बैंकको सेयर मूल्य बढ्न शुरु भयो र आकासियो ।

 

एक पटक त करिब १० प्रतिशतले उकालो लागेको सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको छ । अप्रत्यासित तरिकाले सिभिलको मूल्य बढ्नुको कारण भने मर्जरको हल्ला हो । कमजोर अवस्थामा रहेको सिभिलले एक वलियो कमर्सियल बैंकसँग मर्जरमा जान लागेको भनेर हल्ला गर्यो ।

 

 

केहि सञ्चारमाध्यममा समाचारसमेत प्रकाशन भए पछि लगानीकर्ताहरु सिभिल बैंकको सेयर किन्न झुम्मिएका थिए । हल्ला गरे जसरी सिभिलले मर्जरको विषयमा कुनै निर्णय गरेको छैन । छलफलकै आधारमा कुनै राम्रो बैंकसँग मर्जरमा जाँदैछु भनेर हल्ला फैलाउनु गैरकानूनी हो ।

 

सिभिल बैंकले सेयर मूल्य बढाउनकै लागि चलखेल गरेको हुनसक्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को दावी छ । ‘सेयर मूल्य बढाउने नियतका साथ हल्ला गरिएको देखियो, जुन गैर कानूनी हो’ नेप्से स्रोतले भन्यो ।

 

सेयर बजारमा असर पर्ने कुनै निर्णय भएमा नेप्सेलाई तुरुन्तै जानकारी गराउनु पर्ने व्यवस्था छ । यसरी कुनै बैंकले मर्जरमा जाने निर्णय वा सहमति गरे नेप्सेलाई तत्कालै जानकारी गराउनु पर्ने र नेप्सेले कारोबार रोक्का गर्नुपर्ने हुन्छ । तर नेप्सेलाई जानकारी नै नदिई सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले मर्जरको हल्ला फैलाएका थिए ।

 

जसलाई नेप्सेले शंकाको घेरामा राख्दै कारबाही प्रक्रिया शुरु गरेको छ । नेप्सेले आइतबार नै पत्राचार गर्दै सिभिललाई तत्कालै स्पष्टिकरण बुझाउन अल्टिमेटम दिएको छ । नेप्सेले धितोपत्र ऐन, २०६३ को दफा (४८) १ अनुसार भोलि कारोबार खुल्नु भन्दा अगाडि नै जवाफ पेश गर्न भनेको छ ।

 

भोलि कारोबार खुल्नुभन्दा अगाडि नै जवाफ पेश नगरेर नेप्सेले आवश्यक कानूनी कारबाही हुने चेतावनी समेत सिभिल बैंकलाई दिएको छ । आज बैकले जवाफ बुझाएको वा नबुझाएको खुल्न आएको छैन ।

 

हेर्नुस् नेप्सेले सिभिल बैंकलाई लेखेको पत्रः

सम्बन्धित खबरहरु