काठमाडौ । ठुलो संख्यामा नेपालीहरु भएको खाडी मुलुकमा तनाव लगातार बढ्दैछ । यो बीचमा साउदी अरबियाका नागरिकलाई लक्षित गरेर ड्रोन हम-ला गरिएको समाचार सार्वजनिक भएको छ । साउदी गठबन्धनका प्रवक्ता टर्की अल मालकीका अनुसार वि–स्फो–टक पदार्थले भरिएको ड्रोनले आम नागरिकलाई निशाना बनाइरहेको थियो ।

 

 

 

साउदी अरब प्रेस एजेन्सीले बिहीबार गठबन्धनका प्रवक्ता कर्नल तुर्की अल मल्कीको उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले रिपोर्ट गरेको छ कि गठबन्धन सेनाले इरान समर्थित हुथीले साउदी अरेबिया तर्फ प्रक्षेपण गरिएको ड्रोनलाई अवरुद्ध गरी नष्ट गरेको छ ।

 

 

अल मलाकीले आधिकारिक विज्ञप्तिमा भने, ‘संयुक्त गठबन्धन सेनाले आज बेलुका ब–मले भरिएको यूएभीलाई खमिज मुशैतमा नागरिक र नागरिक वस्तुहरूलाई लक्षित गर्न आतंकवादी हुथी सेनाले योजनाबद्ध र जानाजानी प्रक्षेपण गरेको थियो ।’ यमनमा रहेको हुथीसँग साउदीको लामो समयदेखि लडाँई जारी रहेको छ ।

 

 

 

सम्बन्धित खबरहरु