काठमाडौ । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक भोलि बस्ने गरि स्थगित भएको छ । मा‌ओवादीको तत्कालीन हेडक्वार्टर पेरिसडाँडामा ११ बजे बस्ने बोलाइएको बैठक भोली प्रधानमन्त्री निवास बालुवाटारमा भोलि मध्यान्न १२ बजे बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

आइताबार पेरिसडाँडामा भएको बैठकमा मन्त्रिपरिषद पुनर्गठन तथा अन्य पार्टीका आन्तरिक विषयमा छलफल भएको थियो । बाँकी छलफल र निर्णाय लिन आज बैठक बस्ने गरि छुटेका नेताहरु अध्यक्षद्धयको परामर्शमा एक दिन सारिएको हो । बैठक स्थगित हुनका कारण भने खुलाइएको छैन ।

सचिवालयका एक नेताका अनुसार मन्त्रिपरिषद पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेण्डाहरुको बारेमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल हुने तय भएको छ । आन्तरिक तयारीका लागि बैठक सारिएको हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार भएको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुर्नगठनको विषयमा नेताहरुले छलफल गरेका थिए ।

सम्बन्धित खबरहरु