काठमाडौं । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ कुसुन्डी स्थित सीमा ईलाकाबाट असोज ४ गते एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३२ वर्षिय पशुपतिकुमार यादव र २१ वर्षिय ओमप्रकाश यादवलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कुसुन्डीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

स ७ प २४४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुले बोराभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला निजहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको
लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

सम्बन्धित खबरहरु