काठमाडौं । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका १ स्थित सीमा ईलाकाबाट असोज ५ गते एपीएफ टोलीले करीव तीन लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीनिकासीको सामान बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको मटर तथा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको चिनी र मोवाईल पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश करौताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

 

[caption id="" align="aligncenter" width="1024"] File Photo[/caption]

सम्बन्धित खबरहरु