काठमाडौं । रुपन्देही, तिलोत्तमा नगरपालिका-१६ बिउलीस्थित छत्तीसकुली नहरमा शुद्धोधन गाउँपालिका-४ बस्ने ४४ वर्षीय बिष्णु प्रसाद नेपाल सोमबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार राति बुटवल उपमहानगरपालिका-९ स्थित होटल पार्क प्लाजाबाट लु.२० प ४०६७ नम्बरको मोटरसाइकलमा निस्केकोमा घरमा फर्की नआएकोले खोजी गर्ने क्रममा उक्त नहरमा उनको लाश फेला परेको हो । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा बुटवल उपमहानगरपालिका-६ स्थित नहरको छेउमा उनको मोटरसाइकल फेला परेको थियो ।

चितवन, भरतपुर महानगरपालिका-१ रामनगरस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ६२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी भरतपुर महानगरपालिका-४ स्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । पर्सा, वीरगञ्ज महानगरपालिका-१ छप्कैयास्थित सिर्सिया खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु