चितवन । ईच्छाकामना गाउँपालिका-६ स्थित सडकमा ग.५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोरखा शहीदलखन गाउँपालिका-५ बस्ने ४५ वर्षीय सुन बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शहीदलखन गाउँपालिका-५ बस्ने १८ वर्षीय करण आले मगरको सोही अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

[caption id="" align="aligncenter" width="873"] File Photo[/caption]

सम्बन्धित खबरहरु