लण्डन । बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन् । महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका हुन् ।

 

कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरुको विश्लेषण छ । दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर सङ्क्रमितहरुको सङ्ख्यामा बृद्धि हुदै गइरहेको र पहिलो चरणको भन्दा तीव्र भएको उनीहरुको भनाइ छ ।

 

त्यो महामारीको फैलावट रोक्नका लागि पहिलाकोभन्दा तीव्र र प्रभावकारी उपायहरु अवलम्बन गर्नु पर्नेमा प्रमुख बैज्ञानिक अधिकृत पात्रिक भलान्सले जोड दिनुभयो । उहाँले भन्नुभयो, “अन्य देशहरुको यस्तै अभ्यास र अवस्था हेर्दा मृत्यु हुनेहरुको संख्या धेरै बृद्धि हुँदै जाने देखिएको छ ।”

 

उहाँले बेलायतीसँग गलत मानसिकता रहेको र त्यसले नै नराम्रो अवस्थामा पु¥याउन सहयोग पु¥याउने चिन्ता पनि व्यक्त गर्नुभयो । चिन्ताजनक अवस्था बढ्दै गएकाले प्रधानमन्त्री बोरिस जोनसोनले पनि यसै हप्ता थप प्रतिवन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएको बताइएको छ ।

 

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म तीन लाख ९४ हजार २५७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

 

सम्बन्धित खबरहरु