काठमाडौं । राजधानी काठमाडौको महाराजगञ्जमा फ्ल्याट नै भाडामा लिएर कोठी सञ्चालन गर्दै आएको गिरोहका दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कोठी चलाउँदै आएका दुई जना डान्स बार सञ्चालकलाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं–२६ मा रहेको साकिरा डान्स बारका सञ्चालक पोखराको लेखनाथ–१७ का २६ वर्षीय राजु थापा र उनकी श्रीमति २६ वर्षीय कीदिपा भनिने पम्फा लामिछाने रहेका छन् ।

 

 

उनीहरुले डान्स बारको बहानामा नजिकै छुट्टै फ्ल्याट लिएर कोठी सञ्चालन गर्दैै आएको प्रहरीले जनाएको छ । युवतीहरुलाईै ५० हजार रुपैयाँ दिने भन्दै प्रलोभन देखाएर ग्राहक मिलाएर यस्तो कार्य गराउने रहस्य पनि बाहिर आएको छ । पक्राउ गरिएका उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान थालीएको छ ।

 

सम्बन्धित खबरहरु