एजेन्सी । बलिउड अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि गम्भीर आरोप लगाएकी छिन् । निर्देशकले भने आफुमाथि लगाएको आरोप निराधार र गलत भएको बताउदै आएका छन् । अभिनेत्री घोषले मिडियामा नै अनुराग कश्यपमाथि आरोप लगाएर सबै कुरा भनेकी थिइन् । घोषले अनु्राग सहनै नसक्ने कार्य गरेको आरोप लगाएकी थिइन् ।

पायलले एक अन्र्तवार्तामा २०१४ मा अनुरागले आफुलाई जोडबल गरेको बताएकी थिइन् । निर्देशकसँग उनकै कार्यालयमा पहिलो पटक भेटेको पनि बताएकी थिइन् । अनुरागमाथि पायलले बारम्बार फोन गरेर बोलाएको, सामान्य कपडा लगाएर आउन लगाएको, सँगै खाना खाएको र उनको बारेमा सबैकुरा सोधेको समेत आरोप लगाएकी छिन् ।

अनुराग कश्यपले एकदिन पायललाई घरमा बोलाएका थिए । पायल घरमा जाँदा धुम्रपान गरेर बसेका अनुरागले उनको पुरानी श्रीमती कल्कीको जुत्ता देखाएका थिए । केटीहरुले रणबीर कपुरसँग फिल्ममा खेल्न आफुसँग केटीहरु सु’त्नको लागि तयार भएको समेत बताएको आरोप पायलले अनुरागलाई लगाएकी छिन् ।

पायलले पटक पटक यसबारेमा बोल्न खोजेपनि घर परिवार र साथीहरुले भविष्यमा यस्ता समस्याबाट बच्नको लागि आफुलाई चुप रहन लगाएको खुलासा गरेकी छिन् ।

सम्बन्धित खबरहरु