संविधानको अपरिहार्यता नभुल्न वान की मुनको सन्देश

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १ माघ, २०७१

संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्ट्म्यान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज बिहान न्युयोर्कतर्फ प्रस्थान गरेका छन् ।

Feltman_Main_Lebanon_pic_1फेल्ट्म्यानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखाका प्रमुख ताराप्रसाद पोखरेल, नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय समन्वयकर्ता जिमी म्याक्गोल्डरिकका साथै परराष्ट्र मन्त्रालय र राष्ट्रसङ्घीय कार्यालयका उच्च अधिकारीहरुले बिदाइ गरेका छन् ।

उपमहासचिव फेल्ट्म्यानले प्रधानसेनापतिसँग शान्ति सेनामा रहेर नेपाली सेनामा गरेको योगदानको प्रशंसा तथा महासचिव थापासँग सार्क र संयुक्त राष्ट्रसङ्घबीचको सहकार्यको विविध पक्षमा छलफल गरेका थिए ।

नेपाल रहँदा उपमहासचिव फेल्ट्म्यानले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली तथा मधेस केन्द्रित विभिन्न दलका नेता, प्रधानसेनापति गौरव शम्शेर जबरा, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अर्जुनबहादुर थापासँग बेग्लाबेग्लै भेटेर संविधानको अपरिहार्यता र विकासका विविध विषयमा महासचिव बानको सन्देश सुनाएका थिए ।

सम्बन्धित खबरहरु