काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) ले मानिसहरुलाई एक्लो बनाएको छ । यो बीचमा अहिले बाहिर आएको एक घटनाले सबैलाई दुःखी बनाएको छ । छोराछोरीलाई हिंड्न सिकाउने आमा । आमा जसले दुध पिलाइन् । तर जब एउटी आमा बुढी भईन, अब छोरा र बुहारीले घरमा राख्न मानेनन् ।

त्यो पनि जब आमा कोरोना जस्तो खतरनाक रोगसँग लड्दै हुनुहुन्थ्यो । सबैलाई दुःखी र लज्जित पार्ने यो घटना तेलंगानाको निजामाबादको हो । प्रहरीका अनुसार, यहाँ एक ६५ वर्षीया आमा केही दिन अघि कोरोना संक्रमित हुनु भएको थियो । उपचार सरकारी अस्पतालमा गरिएको थियो । त्यसपछि आमाले यस रोगलाई हराउनुभयो । अस्पतालबाट डिस्चार्ज भएपछि आमा घर फर्किंदा छोरा–बुहारीले राख्न मानेनन् । प्रहरीले बुहारीलाई सम्झाई बुझाइ गरेपछि उनीहरुले आमालाई राख्न राजी भएका हुन् ।

छोरा र बुहारी आफ्नी आमालाई बाहिर छोडेर घरमा ताला लगाएर हैदराबाद घुम्न गएका थिए । ती वृद्ध आमा तीन दिनको लागि बाहिरै हुनुहुन्थ्यो । वरपरका मानिसहरूले खानपिन गरेका थिए । जब प्रहरीलाई यसबारेमा सूचना मिल्यो प्रहरीले आमाका बुहारी र छोरालाई बोलाएर परामर्श दियो । त्यसपछि उनीहरु आफ्नी आमालाई आफूसँगै लैजान तयार भएका हुन् ।

प्रहरीका अनुसार एक वर्ष अघि छोरा र बुहारीले बुढेसकालमा आमालाई वृद्धाश्रममा छोडेर गएका थिए । यहाँ रहन को लागी अस्थायी सुविधा थियो । वृद्धाश्रममा बसोबास गर्ने सबै वृद्ध महिलाहरूले कोरोना परीक्षण गरेका हुन् ।

यस परीक्षणमा ति आमासहित तीन महिलाहरु संक्रमित भएको बताइएको छ । कोरोनाबाट स्वस्थ भएपछि, आमा छोरा र बुहारीलाई सम्झोर आफ्नो घर जानुभयो । तर छोरा–बुहारीले आफ्नी आमालाई आमा मान्ने कष्ट गर्न सकेनन् ।

सम्बन्धित खबरहरु