काठमाडौ । भारतको जयपुरमा एक उच्च व्यापारीक परिवारका ४ सदस्यले आफै जीवन त्याग गरेको खबर छ । दैनिक भास्करका अनुसार ४५ वर्षीय गहना व्यापारी यशवन्त सोनीसहित उनका परिवारका अन्य ३ सदस्यले आफै जीवन त्याग गरेका हुन् ।

मृतकमा सोनीकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत रहेका छन् । उनीहरु सबै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

 

प्रहरीको सुरुवाती अनुसन्धानअनुसार मृतक यशवन्तले ऋण लिएका थिए । ऋण माफियाहरुले उनलाई निरन्तर दवाव गरेका थिए । अन्तत बाध्य भएर आफै जीवन त्याग गरेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले, यो परिवारको लाश परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

 

घटनास्थलमा पुगेका एडिशनल एसपी मनोज चौधरीका अनुसार गहनाको काममा यो परिवार सक्रिय थियो । उनीहरुले कोही व्यक्तिसँग ब्याजमा पैसा लिएका थिए र ब्याजवालाले उनीहरुलाई प्रेसर गरिदिएका थिए । त्यसैकारण परिवारले आफै जीवन त्याग गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

 

सम्बन्धित खबरहरु