काठमाडौ । ताइवानमा तीन वर्षकी एक बालिका उडिरहेको चंगाको धागोमा अल्झिएर हावामा निकै माथि उचालिएकी छन् । तर बालिकालाई चोटपटक लागेको छैन ।

 

ती बालिका समुद्री तटमा रहेको शहर नानलियाओमा आइतवार चंगा महोत्सवमा भाग लिइरहेकी थिइन् । अचानक एक विशाल पहेंलो रंगको चंगामा उनी अल्झिइन् र जमीनबाट निकै मिटर माथि पुगिन् ।

 

मानिसहरूले चंगालाई तल ल्याउनका लागि प्रयास गर्दा बालिका धेरैपटक ओल्टेकोल्टे भएको भिडियोमा देखिन्छ । बालिका तर्सेकी तर उनलाई कुनै चोटपटक नलागेको बताइएको छ । उनी रुखको टुप्पोभन्दा माथी पुगिन् । भिडियोमा देख्न सकिन्छ ।

https://twitter.com/RT_com/status/1300138717504573440?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1300138717504573440%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F116867%2F2020%2F9%2F20%2Fgirl-flies-with-kites

सम्बन्धित खबरहरु