काठमाडौँ । ज्लाटन इब्राहिमोभिच चम्किएको खेलमा एसी मिलानले सिरि ए फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २–० गोल अन्तरले हराएको हो । मिलानको जितमा दुवै गोल इब्रामोभिचले गरे ।

थियो हर्नाल्डेजको क्रसमा ज्लाटनले ३५ औं मिनेटमा मिलानलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ज्लाटनले मिलानको जित सुनिश्चित गरे । सिरि एका पछिल्ला ५ खेलमा ज्लाटनले तीन खेलमा समान दुई गोल गरेका छन् ।

म्यान्चेष्टर सिटीका पूर्व फरवार्ड तथा रियल मड्रिडबाट लोनमा आएका ब्राहिम डियाजले मिलानबाट डेब्यु गरेका थिए । ज्लाटनले चौथो सिजन सिरि एको पहिलो खेलमा गोल गर्न सफल भएका छन् ।

कोरोनाका कारण खेलमा हजार दर्शकलाई अनुमती प्रदान गरिएको थियो । मिलानले कोभिडबिरुद्ध लडेका स्थानीय स्वास्थ्यकर्मीलाई खेल हेर्न आमन्त्रण गरेको थियो । मिलानले गत सिजन छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । मिलान च्याम्पियन बनेको युभेन्ट्स भन्दा १७ अंकले पछाडी रहेको थियो ।

सम्बन्धित खबरहरु