एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित सहित नयाँ सिजनको सुरुवात गरेको छ । सोमबार राति सिटीले उल्भ्सलाई ३–१ गोल अन्तरले हराएको हो । सिटीको जितमा केभिन डी ब्रुइन, फिल फोडिन र ग्याब्रियल जिससले एक एक गोल गरे ।

 

उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काए । ब्रुइनले २० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए । फोडिनले ३२ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे ।

 

 

रहिम स्टर्लिङले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै फोडिनले गोल गरेका थिए । दुवै खेलाडी राष्ट्रिय टिमको खेल खेल्न आफ्नो देशको टिममा थिए । अन्तराष्ट्रिय खेल पुरा गर्दै दुवै सिटीसंग जोडिएका हुन् ।

 

घरेलु टोलीका जिमेनेजले ७८ औं मिनेटमा गोल गर्दै उल्भ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा ब्रुइनको पासमा जिससले सिटीका लागि तेस्रो गोल गरेका थिए ।

 

सिटीका फोडिन र स्टर्लिङको गोलको राम्रा प्रयासलाई उल्भ्सका गोलकिपर रुइ पेट्रिकियोले बचाएका थिए । सिटीले लिगको पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । उल्भ्सले लिगको दोस्रो खेलमा भने हार ब्यहोरेको छ । उसको ३ अंक छ ।

सम्बन्धित खबरहरु