काठमाडौ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । यो सामान्य रोग नभइ ज्यान लिन सक्ने उनले बताएका छन्। मंगलवार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आफ्नो सुरक्षामा कतै न चुक्नु होला । यो सामन्य रोग होइन । यसले ज्यान लिन सक्छ।’

यस्तै उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै डिस्चार्ज हुने विश्वास समेत व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु ।

अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’ कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललितपुरमा उपचाररत छन् । कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको उनले जानकारी दिएका छन्।

उनले लेखेका छन् ।

गत २ हप्ता देखि मेरो कोविड सङको लडाइमा आज धेरै राम्रो भएको छ! रगतको sample पनि लगेन, नास्ता पनि खाइयो, कमजोरी पनको कतै लछण छैन, राती निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो infection level पनि घटेको अवस्था छ। यो सम्भव हुनुको पछाडी Star Hospitalका सम्पूर्ण टोलिको योग्दान छ! जुन किसिमको treatment को बयान गर्न सक्दिन! धन्यवाद Team Star Hospital।

एक्दम जटिल अवस्था बाट पार भै पुन स्वस्थ बन्दै छु!
अबको केही दिन पछि discharge हुने आशा राखेको छु!

मेरो बिनम्र अनुरोध सबैमा...बिनती छ यो कोविड लाई हल्का न लिनु होला! आफ्नो सुरक्षा मा कतै न चुक्नु होला! यो सामन्य रोग होइन! यस्ले ज्यान लिन सक्छ!!! यो vlog ले केही जानकारी दिन्छ। धन्यवाद अनि मुटु भरी बाट आभारि छु तपाइहरुको माया, साथ र प्रारथनाको लागि! चाडै उडान भर्ने छु र बिदेशमा हुनु भएकाहरुलाइ नेपाल फर्काउने छु अनि रास्ट्र प्रती समर्पित हुने छु पुन!!

जय चन्द्र सुर्य!!

उनले युवट्युमापनि भिडियो राखेका छन् । भिडियो निक्कै भावुक छ । हेर्नुहोस् भिडियो ।

सम्बन्धित खबरहरु