काठमाडौ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य पनि आज तोलामा ९० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।

कोरोना भाइरस (कोभिड-१९)का कारण मन्दी छाएको विश्वअर्थतन्त्रमा लगानीका वातावरणहरु फराकिलो बन्दै जानु,सुनमा भएको लगानी घट्दै अन्त लगानी थपिनु जस्ता कारणले मूल्य घटेको व्यवसायीहरुले बताएका छन् ।

सम्बन्धित खबरहरु