गुल्मी । पहिरोमा परेर बेपत्ता भएका गुल्मीका दुईजनाको लाश फेला परेको छ। सोमबार राति करिब ८ बजे इश्मा गाउँपालिका–२ छल्दीपनाहा रातडाँडा सडकमा पहिरोमा पुरिएका इश्मा–२ स्यालाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ६ वर्षीय सफल कुमालको लाश फेला परेको छ।

 

प्रेमबहादुरको सडकदेखि ५० मिटर तल मंगलबार बिहान लाश फेला परेको हो। सफलको बिहान करिब १० बजे सोही स्थानमै लाश फेला परेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

 

उनीहरु पैदल हिँडिरहेका बेला सडकमाथिबाट झरेको पहिरोले पुरेको बताइएको छ। दुवै लाशलाई परीक्षणका लागि तम्घास अस्पताल गुल्मीमा ल्याइएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खबरहरु