काठमाडौ । मन्त्रिपरिषद्को नियमित बैठक भर्खरै सकिएको छ । मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीमा चुनाव गर्न उपयुक्त नभएको भन्दै यही असोज २४ का लागि तय भएको निर्वाचन उचित समयमा मिति तोक्ने गरी हालका लागि स्थगित गरेको हो ।

साथै आजको बैठकले ‘हिमचितुवा’ का नामले परिचित किर्तीमानी आरोही आङरिता शेर्पाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्पूर्ण उपचार खर्च राज्यले ब्यर्होने र शर्पाको नाम चिरस्थायी बनाउन राज्यले पहल गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्वकीर्तिमान कायम राख्न सफल शेर्पाको सोमबार निधन भएको हो । बैठकले अन्य नियमित विषयमा पनि छलफल गरेको छ ।

सम्बन्धित खबरहरु