काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे देखि बैठक सुरु भएको हो । बैठकमा यसअघि पेस गरिएको कार्यसूचीमा छलफल हुनेछ। कार्यसूचीमाथि थप गृहकार्य गर्न सोमबारका लागि तय बैठक मंगलबारका लागि सारिएको थियो ।

गत आइतबार पार्टी कार्यालय पेरिडाँडामा बसेको बैठकले विभिन्न चार कार्यसूची तय गरेको थियो। तीमध्ये पहिलो दिन मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको थियो। बाँकी कार्यसूची भित्रका एजेण्डामाथि आजको बैठकमा छलफल जनाइएको छ।

सोमबार प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तय कार्यसूचीभित्रका एजेण्डा मंगलबारको बैठमा टुंग्याउनेगरी छलफल गरेका थिए। अध्यक्षद्वयबीच मंगलबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्तिका मापदण्ड, पार्टी एकताका बाँकी काम लगायत बिषयको टुंगो लगाउनेगरी छलफल भएको जनाइएको छ।

आज केही नयाँ अनुहारले मन्त्री पद पाउँने सम्भावना रहेको देखिन्छ । रिक्त मन्त्रालयमा आज नै नियुक्तिका लागि टुंगो लगाउँने । बाँकीका लागि थप गृहकार्य गर्ने बुझिएको छ । अर्थ, सञ्चार र सहरी विकास मन्त्रालय खाली छन् ।

सम्बन्धित खबरहरु